News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश बरालको इजलासमा 

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको एकल इजलासको तेस्रो नम्बरमा सन्दीपविरुद्धको मुद्दाको पेसी तोकिएको हो ।

यसअघि लगातार दुईपटक तोकिएको पेसीको सुनुवाइ स्थगित गरिएको थियो । पहिलो पेसीमा सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रो समय अभावका कारण नभ्याइनेमा राखिएको थियो ।

नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उनीविरुद्ध मुद्दा चलेको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेशलाई पाटन उच्च अदालतले सर्तसहित २० लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । 

उक्त आदेशपछि सन्दीप थुनामुक्त भएका छन् ।  
  

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  १२:१८
Weather Update