News Griha :: न्यूजगृह
प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार

दाङ— चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति फरार भएका छन् ।

फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।

स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेको बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले बताए । शौचालय जान्छु भनी भागेपछि अहिले उनको खोजी भइरहेको छ ।  

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १२:२५
Weather Update