१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ

बैतडी— १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १८ वर्षीय किशोरलाई पक्राउ गरेको ।
पञ्चेश्वर गाउँपालिका– ४ लडागाउँ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।
किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति पीडितलाई आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पीडितको जाहेरीपछि इलाका प्रहरी कार्यालय तस्वदेहीबाट खटिएको टोलीले किशोरलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८० १२:१६













