News Griha :: न्यूजगृह
स्रोत नखुलेको १३ लाखसहित भारतीय पक्राउ
अरुण पञ्जियार । तस्बिर : जिल्ला प्रहरी कार्यालय महोत्तरी

काठमाडौं— स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित महोत्तरी प्रहरीले जलेश्वरबाट भारतीय एक नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारको सितामढीका ४० वर्षीय अरुण पञ्जियार छन् । 

प्रहरीले उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका–७ वखरी चोक स्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बसबाट नियन्त्रणमा लिएको हो । 

बसलाई रोकेर जाँच गर्दा पञ्जियारको साथबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँ फेला परेपछि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 
 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  ११:१९
Weather Update