News Griha :: न्यूजगृह
मेयर बालेनले भने– विद्यालयले किताब र पोसाक बेचे दण्डित गरिन्छ

काठमाडौं— काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन साहले विद्यालयले किताब र पोसाक बेचेको गुनासो आएको बताएका छन् ।

काठमाडौं महानगरअन्तर्गतका संस्थागत विद्यालयलाई परिपत्र गरेको पत्र सामाजिक सञ्जाल फेसबुक पेजमा आइतबार राख्दै मेयर साहले विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका–२०६९ विपरीत भएको बताएका छन् ।

‘विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक–पटक आइरहेको छ,’ मेयर साहले भने ।

उक्त कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका–२०६९ अनुसार दण्डनीय भएको उनले स्मरण गराएका छन् ।

ktm metro notice edu1681010275.jpg

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ०९:०२
Weather Update