News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं— बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामाथि आज आइतबार सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाे छ ।

सन्दीपविरुद्धको मुद्दाकाे निरन्तर पेसीमा रहे पनि अन्तिम सुनुवाइ नहुँदा मुद्दाले किनारा पाउन सकेको छैन ।

सर्वोच्च अदालतले मुद्दाको फैसला चाँडो गर्नका लागि जिल्ला अदालतलाई आदेश दिएकाे तर विभिन्न कारणले पेसी सर्दै आएको छ ।

यसअघि बुधबारका लागि केशवप्रसाद घिमिरेको इजलासमा सुनुवाइ हुने तय भएकाे थियाे । उक्त दिन समय अभाव हुने भन्दै जाहेरी पक्षका कानुन व्यवसायीले पेसी स्थगित गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ०८:४५
Weather Update