News Griha :: न्यूजगृह
नेविसंघका बागी उम्मेदवार विष्ट पाटन क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित

काठमाडौं— नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का बागी उम्मेदवार सुशील विष्ट ललितपुरस्थित पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका छन् ।

शनिबार राति सम्पन्न मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन् । उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए । 

sushil Bista-nsu-winner1681006063.jpg

नेविसंघका इकाई उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए । पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण ५ चैत्रका लागि तय भएको निर्वाचन रोकिएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २६, २०७९  ०७:१३
Weather Update