News Griha :: न्यूजगृह
महोत्तरीमा छुरा हानेर युवकको हत्या

काठमाडौं— महोत्तरीमा एक युवकको हत्या भएको छ । पिपरा गाउँपालिका-५ हर्दियाटोलका  १९ वर्षीय आशिक पासवानको हत्या भएको हो । हत्या भएको अवस्थामा आशिकको शव बिहीबार साँझ स्थानीय जगदिश शाहको खेतमा फेला परेको थियो ।

दुर्गा मेलामा भएको विवादको निहुँमा स्थानीय दुई युवकले मिलेर छुरा प्रहार गरी उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

हत्यामा संलग्न आरोपमा दुवै युवकलाई पक्राउ पनि गरिएको डीएसपी गिरीले बताए । आशिकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

पक्राउ गरिएका दुवै युवकको अहिले नाम खुलाइएको छैन । पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  १२:०५
Weather Update