News Griha :: न्यूजगृह
भारतका ८ पूर्व सैनिकलाई कतारमा फाँसीको सजाय
हिन्दुस्तान टाइम्स

काठमाडौं— कतारमा पक्राउ परेका आठ भारतीय नागरिकलाई फाँसीको सजाय सुनाइएको छ । भारत सरकारले यसबाट स्तब्ध भएको भन्दै उनीहरूलाई जोगाउन सबै कानुनी विकल्पहरू खोजिने जनाएको छ । 

फाँसीको सजाय सुनाइएका आठ भारतीय नागरिक भारतको जल सेनाका अवकासप्राप्त अधिकारी हुन् । उनीहरु कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका थिए । उनीहरूमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ । 

भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीसँग सुरुआती जानकारी छ कि कतारको अदालतले अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित घटनामा आफ्नो फैसला सुनाएको छ । हामी फाँसी दिने फैसलाबाट स्तब्ध छौं र विस्तृत फैसला कुरिरहेका छौं ।’

विज्ञप्तिमा थप लेखिएको छ, ‘हामी उनीहरूका परिवारका सदस्यहरू र कानुनी टिमसँग सम्पर्कमा छौं । हामीले यो घटनालाई सर्वोच्च प्राथमिकताका साथ हेरिरहेका छौं र यो कुरालाई कतारको प्रशासन समक्ष राख्ने छौं ।’ भारतीय विदेश मन्त्रालयले अहिले उक्त मुद्दामा कुनै टिप्पणी गर्न नसक्ने पनि जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०८०  ०७:५५
Weather Update