पेरिस ओलम्पिक छनोट
ओलम्पिक फुटबल छनोटको पहिलो चरणबाटै बाहिरियो नेपाल

काठमाडौं— पेरिस ओलम्पिक–२०२४ को महिला फुटबल छनोटको पहिलो चरणबाटै नेपाल बाहिरिएको छ । काठमाडौंको दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ ।
पराजित भएसँगै नेपाल पेरिस ओलम्पिक फुटबल छनोटबाट बाहिरिएको हो । खेलको छैटौं मिनेटमा भियतनामले पाएको पहिलो कर्नरमा पोष्टमा अलमल हुँदा पाम हाइ यानले गरेको फितलो प्रहारबाट गोल भएकाे थियाे ।
खेलको सातौं मिनेटमा तान थि थु था ओले गरेको पासमा पुन यानले नै गोल गरिन् । नेपालले केही मौका पाए पनि सदुपयोग गर्न सकेन ।
बुधबार सम्पन्न खेलमा पनि नेपाल भियतनामसँगै ५–१ गोल अन्तरले पराजित भएको थियो ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९ २०:००