News Griha :: न्यूजगृह
जब ह्याम्स अस्पतालमा हेलिकप्टरको पंखाको टुक्रा खस्यो

काठमाडौं— ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरण गर्नेक्रममा एअर डाइनेस्टी हेलिकप्टरको पछाडिपट्टिको पंखाको टुक्रा खसेको छ ।

शनिबार दिउँसो पौने २ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरण गर्न लागेको थियो ।

डीएसपी निरञ्जन भट्टका अनुसार अवतरण गर्नेक्रममा पछाडिपट्टिको टुक्रा खसेर छिमेकीको घरको छतमा पुगेको थियो ।

भट्टकाे भनाइमा उक्त हेलिकप्टर डाक्टर लिएर भरतपुर जान लागेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १८:१७
Weather Update