News Griha :: न्यूजगृह
नेपालमा थपिए ६४ कोरोना संक्रमित

काठमाडौं— नेपालमा पछिल्लो २४ घण्टामा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १ हजार १७० नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार हाल देशभरमा ३५७ सक्रिय संक्रमित रहेका छन् । उनीहरूमध्ये १५ जना सक्रमित संस्थागत आइसोलेसनमा छन् भने १५ जनाको आईसीयू र ५ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १८:०१
Weather Update