News Griha :: न्यूजगृह
‘मानवअधिकारको पहिलो शर्त सुरक्षा’

काठमाडौं— पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मानवअधिकारको पहिलो शर्त व्यक्तिको सुरक्षा भएको बताएका छन् ।

मानवअधिकार एलाइन्सले आयोजना गरेको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताको तेस्रो राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै ओलीले व्यक्तिको सुरक्षापछि नै अरु मानवअधिकारको विषय आउने बताए ।

‘मानवअधिकारका लागि बोल्न सक्ने एलाइन्स हुनुपर्छ, मानवअधिकारवादीको एलाइन्स कुनै पार्टी विशेषका पक्षमा लाग्नुहुन्न, नेपालको एउटा राजनीतिक पक्ष आफूलाई भनेजस्तो भएन भने मानवअधिकार आयोगलाई पनि धम्की दिन्छ, मानवअधिकारका लागि सकारात्मक परिवर्तन भए पनि पूर्णता पुगेको छैन’,अध्यक्ष ओलीले भने ।
 
मानवअधिकार पाएपछि नै मानिस समृद्ध हुने भएकाले यसका लागि काम हुनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन ३०, २०७९  १९:१०
Weather Update