News Griha :: न्यूजगृह
कोशी सरकार : एमालेबाट को–को हुँदैछन् मन्त्री ?

विराटनगर— कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनकाे शपथसँगै दुई जना मन्त्री पनि नियुक्त हुने भएका छन् ।

नेकपा एमालेसँग छलफल गरेका कार्कीले रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् ।

उनले नियुक्त गरेपछि मन्त्रीहरुले पनि आजै शपथ लिने कार्यक्रम छ । नेपाली कांग्रेस शेखर कोइराला पक्षका ८ जना सांसद र एमालेका ३९ सांसदको समर्थनमा कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १२:४५
Weather Update