पूर्वमेयर पौडेलको मृत्युमा जीतपुरसिमराले दियो शोक बिदा

काठमाडौं— बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पूर्वनगरप्रमुख (मेयर) डा.कृष्णप्रसाद पौडेलको मृत्युमा शोक मनाउन आज सार्वजनिक बिदा दिएको छ ।
उपमहानगरपालिकाका पहिलाे नगरप्रमुख पौडेल बिहीबार आफ्नै घरभित्र मृत भेटिएका थिए । उनको शव हाल पोस्टमार्टका लागि वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा लगिएको छ ।
पौडेल नेकपा एमालेका मधेस प्रदेशका सचिव पनि थिए । उनको मृत्युमा जीतपुरसिमरा उपमहानगरका नगरप्रमुख राजन पौडेलले शुक्रबार बिहान विज्ञप्ति जारी गरी उपमहानगरभित्र शोक बिदा दिइएको जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० १०:२७













