News Griha :: न्यूजगृह
ताइवान सीमामा चिनियाँ विमान र युद्धपोत खटाइयो

काठमाडौं—  ताइवानका राष्ट्रपतिको अमेरिका भ्रमणबाट आक्रोशित चीनले फेरि शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । चीनले ताइवान सीमानजिक तीन दिने सैन्य अभ्यास सुरु गर्ने घोषणा गरेको हो  ।
 
चिनियाँ सेना पीएलएको पूर्वी कमान्डले शनिबार यो घोषणा गरेको हो । जनमुक्ति सेनाको पूर्वी थिएटर कमान्डले भने ‘युद्धको तयारी’का लागि अप्रिल ८ देखि १० सम्म ‘युनाइटेड शार्प स्वर्ड’ चल्नेछ ।' यस सैन्य अभ्यासमा चीनले ताइवानको क्षेत्रीय जलक्षेत्र र ताइवानको उत्तर, दक्षिण र पूर्वमा "योजनाबमोजिम" आफ्ना लडाकु विमानहरू प्रयोग गर्नेछ । यस अभ्यासमार्फत चीनले ताइवानलाई आफ्नो सैन्य शक्ति देखाउनका साथै फेरि युद्धको चेतावनी दिएको छ । 
 
ताइवानको रक्षा मन्त्रालयले पनि उक्त टापु वरपर १३ चिनियाँ विमान र ३ युद्धपोत रहेको पुष्टि गरेको छ ।
 
ताइवानका राष्ट्रपति साइ इङ वेनले बुधबार क्यालिफोर्नियामा अमेरिकी तल्लो सदनका अध्यक्ष केभिन म्याकार्थीसँग भेट गरेका थिए । ताइवानी राष्ट्रपतिले अमेरिका गएर अमेरिकी तल्लो सदनका अध्यक्षले भेटको यो पहिलो पटक हो। जुन भेटघाटलाई  लिएर चीनले आपत्ति जनाउँदै ताइवानी सीमामा सैन्य अभ्यास गरेको हो । 
 
 चीनले ताइवानलाई आफ्नो क्षेत्र मान्दै आएको छ । 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १०:४२
Weather Update