
काठमाडौं— आजदेखि मालवाहक सवारीसाधन नचल्ने भएको छ । जोखिम सिर्जना गर्ने भन्दै यात्रुवाहक सवारीसाधनलाई सहज गराउन मालवाहक सवारीसाधानलाई निषेध गरिएको हो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सरोज सिटौलाका अनुसार ग्रामीण भेगका बाटो बिग्रेका कारण यसैपनि यात्रामा समस्या आउने हुँदा मालवाहक सवारीसाधानले निकै नै समस्या निम्त्याएको छ ।
‘मालवाहक सवारीसाधनलाई २६ गतेदेखि नै कतैबाट नआउने गरी अत्यावश्यक सवारीसाधन बाहेक हेबी १८ चक्के २० चक्के सवारीसाधन आउने गरेका छन् । त्यसले गर्दा सडकमा ठूलो अवरुद्ध हुन्छ । त्यसलाई २६ गतेबाट नारायणघाटबाट बर्दिवास हुँदै काठमाडौं बीपी राजमार्गबाट आउने र काठमाडौं नाका भित्रिने मालबाहक अत्यावश्यक र खाद्यान्न बाहेकका अन्य सवारीसाधनलाई रोक्ने यातायात विभागले निर्णय गरेको छ ।’
मालवाहक सवारीसाधन रोक्दा सर्वसाधारणलाई सहजीकरण हुने बताउँदै सिटौलाले मेची महाकालीका सबै सडकमा १०÷१५ दिनको समयमा लाखौं मान्छे निकाल्नु पर्ने हुँदा सबै सडकमा यात्रुवाहक सावरी साधनलाई पहिलो प्राथमिकता दिइएको बताए ।













