News Griha :: न्यूजगृह
मावि गणित र कार्यालय सञ्चालन तथा लेखाको नतिजा सार्वजनिक

काठमाडौं— शिक्षक सेवा आयोगले माध्यमिक तहको गणित र कार्यालय सञ्चालन तथा लेखा विषयका शिक्षक छनोट गरेको छ ।

आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको गणित विषय र कोशी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको कार्यालय सञ्चालन तथा लेखा विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको हो ।

आयोगले यही असोज २३ र २४ गते लिएको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ ।

शिक्षक सेवा आयोग नियमावली,२०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा आयोगको निर्णय अनुसार नतिजा सार्वजनिक गरेको छ ।

नतिजा

प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८०  ०९:४९
Weather Update