मावि लाइसेन्स वितरण गर्न समय लाग्ने

काठमाडौं— शिक्षक सेवा आयोगले विज्ञापन नं. ३९–०७९–८० को माध्यमिक तह, अध्यापन अनुमतिपत्र लिखित परीक्षाको नतिजा प्रकाशन गरिसकेको भए पनि प्रमणपत्र (लाइसेन्स) वितरण गर्न केही समय लाग्ने जनाएको छ ।
आयोगले सबै शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिँदै उत्तीर्ण उम्मेदवारको प्रमाण पत्र छपाइमा ढिला हुने भएकाले प्रमाणित गरी कुनै उत्तीर्ण उम्मेदवारले कुनै विद्यालयबाट विज्ञापन भएको शिक्षक पदमा नियुक्तिका लागि आवेदन दिने प्रयोजन खुलाई अध्यापन अनुमतिपत्रको परीक्षामा उत्तीर्ण भएको प्रमाणित गरिदिन सर्त बमोजिम निवेदन दिएम आयोगको नतिजामा रुजु गरी प्रमाणित गरी दिन निर्देशन दिएको हो ।
अधिकृतस्तरको कर्मचारीबाट प्रमाणित गरी दिने व्यवस्था गर्न निर्देशन दिएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज २६, २०८० ०९:४०













