शिक्षा विधेयक दफावार छलफलका लागि संसदीय समितिमा

काठमाडौं— विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलका लागि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बिहीबार प्रतिनिधि सभामा उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव पेस गरेका थिए ।
त्यसपछि उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा सभामुख देवराज घिमिरेले गरे ।
विधेयकमा सरकार र नेपाल शिक्षक महासंघबीच भएका सहमतिलाई सम्बोधन हुने गरी संशोधन प्रस्ताव पेस भएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १५:५०













