कोशी सरकार
माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने गठबन्धनको निर्णय

काठमाडौं— केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । बिहीबार बालुवाटारमा बसेको बैठकले साे निर्णय गरेकाे हाे ।
आङ्बो माओवादी प्रदेश संसदीय दलका नेता हुन् । यसअघि नेपाली कांग्रेसका उद्धव थापाले दुईपटक मुख्यमन्त्री बन्दा पनि विश्वासको प्राप्त गर्न सकेका थिएनन् ।
अब फेरि कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्रीमा माओवादीका आङ्बोलाई अघि सार्ने निर्णय गरेको जानकारी दिए ।
एमाले मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझसम्म मुख्यमन्त्रीको नाम सिफारिस गर्न समय दिएका छन् ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १५:१९