News Griha :: न्यूजगृह
विश्वविद्यालयको स्तरवृद्धि गर्न सांसद पौडेलको आग्रह

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकालाई नेपालमा रहेका विश्वविद्यालयको स्तरवृद्धिमा ध्यान दिन सुझाव दिएका छन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा उनले नेपालमा नै पठनपाठनको सहज वातावरण बनाउने विश्वास जगाउन पनि नेपालमा रहेका विश्वविद्यालयलाई स्तरीकरण गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो विश्वविद्यालयहरुको स्तरिकरण गर्ने र नेपालमा नै पठनपाठनको व्यवस्था गर्ने विश्वास जगाउने र नेपालमा नै त्यस प्रकारको शिक्षा प्राप्त गर्नका निम्ति सहज वातावरण बनाउनेतिर सरकारको गम्भीर ध्यान जानका लागि अनुरोध गर्छु ।’

सम्भावित परिस्थितिजन्य घटनामा सरकार सर्तक रहनुपर्ने उनको भनाइ छ । ‘सम्भावित थप त्यहाँ हुन सक्ने र संसारभरी त्यस्तो प्रकारका परिस्थितिजन्य रुपमा आउन सक्ने घटनामा सरकार सर्तक रहेर नेपाली नागरीकलाई सुरक्षित बनाउने, फिर्ता बोलाउने र नेपालमा नै बसेर अध्ययन गर्ने गरी आत्माविश्वास जगाउने सरकारले विशेष पहल गर्न अनुरोध गर्दछु,’ उनले भने ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:२५
Weather Update