News Griha :: न्यूजगृह
भारतीय प्रधानमन्त्री कालापानी आएको विषय सदनलाई जानकारी दिन सभापति लामिछानेको माग

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको कालापानी आएकोबारे सदनलाई जानकारी गराउन सरकार र परराष्ट्र मन्त्रालयसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै उनले मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारको कुनै औपचारिकता हुँदैन ? भन्दै यसको जवाफ सदनलाई छिटो भन्दा छिटो दिन माग गरे ।

उनले भने,‘मित्र राष्ट्रको सरकार प्रमुख हाम्रो भूमिमा आउँदा सरकारले उहाँलाई स्वागत गर्न पर्दैन ? कुनै औपचारिकता हुँदैन ? यसबारेमा सदनलाई सरकारले, परराष्ट्र मन्त्रालयले वास्तविकता जानकारी गराउनुपर्‍यो भनेर विशेष ध्यानाकर्षण गराउनको लागि विशेष समय माग गरेको हो । यसको जवाफ सदनलाई छिटोभन्दा छिटो होस् ।’

उनले नेपालको भूमिमा भएको भ्रमणको जानकारी पाउनु सबैको अधिकार भएको भन्दै सरकार र परराष्ट्र मन्त्रालयलाई त्यसबारे यथार्थ जानकारी दिन सदनमार्फत ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:११
Weather Update