News Griha :: न्यूजगृह
सन्दीपविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं— क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सो मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण स्थगित भएको हो ।

अदालतका सूचना अधिकारी दीपक दाहालले न्यायाधीश अभावका कारण लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको जानकारी दिए । उनका अनुसार कुनै न्यायाधीशको सरुवा र कुनै न्यायाधीश बिदामा छन् ।

उनले आज अदालतमा उपस्थित २१ जना न्यायाधीशले गोला थुत्दा उनीहरुको इजलासमा सन्दीपकाे मुद्दा नपरेको जानकारी दिए ।

असोज महिनामा मात्रै सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित भएको हो । यसअघि असोज १ र ७ गते पनि न्यायाधीश अभाव भन्दै मुद्दाको सुनुवाइ स्थगित भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  ११:५९
Weather Update