News Griha :: न्यूजगृह
पाटन क्याम्पसमा आज स्ववियु चुनाव हुँदै

काठमाडौं— त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पाटन बहुमुखि क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव हुँदै छ । 

स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू र अखिल छैठौँसहित स्वतन्त्र रूपमा एक विद्यार्थीले उम्मेद्वारी दिएका छन् । यहाँ सात हजार ६५० मतदाता छन् । साँझ ५ बजेसम्म मतदान गर्न सकिनेछ । 

विद्यार्थी संगठनभित्रको विवादका कारण चैत ५ गते राेकिएकाे चुनाव आज हुन लागेको नेपाल विद्यार्थी संघका नेता विष्णुहरि खड्काले बताए । 

प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  ०८:५४
Weather Update