
आज २०७९ चैत्र २५ शनिबार । वैशाख कृष्ण द्वितीया तिथि । देवी पाथीभराको दर्शन गर्दै राशिफल हेर्नुहोस् । तपाईंको दिन शुभ रहन सक्छ । आज तपाईंको दिन कस्तो रहला ? हेर्नुहास् आफ्नो राशि ।
मेष
मन खुसी रहनेछ । काममा केही बिध्नबाधा आउन सक्छ । काम गर्दा विचार पुर्याउनु होला । तपाईंलाई सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउने छन् ।
वृष
नयाँ कुरा सिक्ने मौका छ । व्यापार व्यवसायबाट लाभ हुनेछ । व्यावसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखमय रहनेछ । घरमा कलह हुनसक्छ । बोल्दा विचार गर्नुहोला ।
मिथुन
प्रेममा सफलता मिल्नेछ । टुटेको सम्बन्ध सुमधुर हुने योग छ । धेरैले विश्वास गर्नेछन् । सोचेको आटेको काममा सफलता मिल्नेछ । शत्रूहरू पराजित हुनेछन भने रमाइलो यात्राको योग रहेको छ ।
कर्कट
सुखद् समाचार सुन्न पाइनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । यात्राको अवसर मिल्लेछ ।
सिंह
प्रतिष्ठित काम गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउने छन् । ढिलासुस्तीले काम रोकिनुका साथै मौका गुम्ने भयले सताउनेछ । स्वास्थ्यमा बाधा आउन सक्छ ।
कन्या
प्रयत्न गर्दा बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । महत्वाकांक्षी योजना विस्तारै फलदायी हुनेछन् । परिवारमा नयाँ सदस्यको आगमन हुनसक्छ । आर्थिक पक्ष बलियो रहला ।
तुला
नसोचेको धन लाभ हुन सक्छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । स्वास्थ्यमा भने केही समस्या देखिन सक्छ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।
वृश्चिक
आम्दानी प्रशस्तै बढ्नेछ । परिवारसँग मनमुटाब हुने देखिन्छ । आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । बोल्दा विचार गर्नुहोला । बोलीकै कारण कोहीकसैसँग सम्बन्ध नराम्रो हुन सक्ला ।
धनु
सोचेको भन्दा आम्दानी धेरै हुँदा मन प्रशन्न रहनेछ । शिक्षामा प्रगति हुनेछ । सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला । यात्राको अवसर छ ।
मकर
व्यापार व्यवसायबाट त्यति लाभ मिल्नेछैन । पढाइ लेखाइमा प्रगति हुनेछ । बाैद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमममा सफलता मिल्नेछ ।
कुम्भ
सम्पत्तिको लागि घर झगडा हुने देखिन्छ । साथीभाईको सहयोगले आत्मबल बढ्नेछ । आमाको साथले नयाँ कामको थालनी हुनेछ । मनमा कुरा खेल्दा निर्णय लिन गाह्राे हुनेछ ।
मीन
आफ्नै प्रयासले काममा लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्याले सताउन सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ । बोल्दा विचार नगर्दा आफन्तजन टाढिन सक्छन् । यात्राको अवसर छ । सवारीसाधन चलाउँदा होसीयार रहनुहोला ।













