संसद् भवन अगाडि फेरि आत्मदाह प्रयास

काठमाडौं— नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका छन् ।
पेट्रोल छर्केर ती व्यक्तिले आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले नियन्त्रणमा लिएको छ ।
पारिवारिक कारणले ती व्यक्तिले आत्मदाहको प्रयास गरेको प्रहरीले बताएकाे छ । आत्मदाहको प्रयास गर्ने युवकको पहिचान खुलेको छैन ।
केही महिनाअघि संसद् भवन अगाडि नै प्रेम आचार्यले आत्मदाह गरेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ १८:३६













