News Griha :: न्यूजगृह
पैसा तिरेर नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ

काठमाडौं– पैसा तिरेर नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ परेकी हुन् ।

उनले निमा ल्हामो गुरुङ नाममै नेपाली नागरिकता बनाएको पाइएको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले बिहीबार बौद्धबाट पक्राउ गरेको हो ।

ल्हामोले नागरिकता बनाउने गिरोहका कृष्णबहादुर कटुवालसँग सम्पर्क गरेकी थिइन् । कटुवालले नागरिकता बनाइदिएबापत उनीसँग ५ लाख रुपैयाँ लिएको खुलेको प्रहरीको भनाइ छ ।

यसअघि प्रहरीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन संलग्न कटुवालसहित ५ जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १८:२६
Weather Update