News Griha :: न्यूजगृह
संक्रमणकालीन न्यायलाई फास्टट्र्याकको विधिद्वारा टुंग्याउनुपर्छ : सांसद पौडेल

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संक्रमणकालीन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभाको बैठककमा विशेष समयमा बोल्दै सांसद पौडेलले संक्रमणकालीन न्यायलाई फास्टट्रयाकको विधिद्वारा टुंग्याउनुपर्ने बताएका हुन् । उनले संक्रमणकालीन न्यायको विषय अहिले सबैभन्दा पेचिलो बनेको उल्लेख गर्दै जनताको आन्दोलनबाट स्थापित मूल्य र मान्यताहरूलाई संस्थागत रूपमा टुंग्याउनु सबैको कर्तव्य भएको बताए । 

उनले संक्रमणकालीन न्यायको सम्बन्धमा विमति जनाउने सांसदहरूलाई आफू बसेको कुर्सीमा लोकतान्त्रिक प्रणाली ल्याउन लडेका योद्धाहरूको रगतको टाटो छ कि भनेर हेर्न अनुरोध समेत गरे । सांसद पौडेलले इतिहासप्रति सम्मान गर्न सिक्नुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १६:४४
Weather Update