प्रतिनिधि सभा
रास्वपा संसद् ढकालले गरे शून्य समयमा मौनधारण

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले प्रतिनिधि सभाको शून्य समयमा मौनधारण गरेका छन् ।
सांसदलेसंसद्मा उठाएका विषय सरकारले नसुनेको भन्दै त्यसको विरोधमा उनले सो समय मौनधारण गरेर व्यथित गरेका हुन् ।
उनले भने, ‘सम्माननीय सभामुख महोदय,... यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौन धारण गरेँ । धन्यवाद ।’
प्रतिनिधि सभा नियमावली अनुसार शून्य समयमा एक मिनेटको समय तोकिएको हुन्छ । सोही समयमा बोल्न उभिएका सांसद ढकाल भने ‘सम्माननीय सभामुख महोदय,...’ भनेर मौन बसे । र, पछि ‘यो सरकारले हामी माननीयले बोलेको केही पनि नसुनेको भएर मैले यो शून्य समयमा मौनधारण गरेँ’ भनेर आफ्नो भनाई अन्त्य गरे ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ १६:०५













