राहत शिक्षकलाई त्यत्तिकै स्थायी बनाउने सम्झौता गलत : सांसद सिंह
काठमाडौं— स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सामुदायिक विद्यालयका राहत शिक्षकलाई सरकारले त्यत्तिकै स्थायी बनाउने सम्झौता गरेको भन्दै आपत्ति जनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले सो कुरा बताएका हुन् ।
उनले भने,‘राहत शिक्षकलाई त्यत्तिकै स्थायी बनाउने जुन सम्झौता तपाईंले गर्नुभएको छ । त्यो कुशासन हो । शिक्षा समाप्त गर्ने सबैभन्दा कुरुप रुप हो । त्यो देशप्रतिको घात हो । शिक्षामा गुणस्तर हुन कम्पिटेन्ट टिचर हुनैपर्छ । उनीहरुलाई देशमा बस्नै नदिने दलका झोलेलाई नियुक्ति दिने ! त्यसले शिक्षामा सुधार हुनै सक्दैन ।’
संसदमा शिक्षा विधेयममाथि दफावार छलफल भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८० १३:११













