स्वर्णिमप्रति शेखर कोइरालाको कटाक्ष : अवसरवादीहरूबाट सावधान

काठमाडौं— नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले अवसरवादीहरूबाट जोगिन आग्रह गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल सार्वजनिक सेवा कर्मचारी संघको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा उनले नाम नलिइकन राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ २ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा. स्वर्णिम वाग्लेप्रति इंगित गर्दै कटाक्ष गरेका हुन् । उनले आफू अवसरवादीबाट सावधान भइसकेको र सबै मानिसहरू सावधान हुनुपर्ने बताए ।
‘सावधान है एउटा कुरा, अवसरवादीहरूबाट जोगिनुहोला । अवसरवादीहरूबाट सावधान हुनुहोस्, म त सावधान भइसकेँ । तपाईंहरू पनि सवधान हुनुस्, मैले भन्ने यति हो,’ कोइरालाले भने ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९ १४:५६













