News Griha :: न्यूजगृह
शिक्षक कर्मचारीसँगका सहमति शिक्षा ऐनमा समावेश गर्न महासंघको दबाब

काठमाडौं— नेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीसँग सरकारले गरेका सहमति नयाँ शिक्षा ऐनमा समावेश गरी कार्यान्वयनमा ल्याउन विभिन्न दलका नेता तथा सांसदलाई ध्यानाकर्षण गराएको छ । नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले ध्यानाकर्षण गराउनेक्रम जारी रहेको बताए ।

उनले भने,‘नयाँ ऐनमा शिक्षक–कर्मचारीका मागमुद्दा र विगतमा भएका सबै सहमति लागु हुनेगरी शिक्षा विधेयकमा संशोधन गर्ने प्रबन्ध गर्न निरन्तर भेटघाट र पक्षीकरण चलिरहेको छ ।’

महासचिव सुवेदीकाअनुसार शिक्षामन्त्री अशोक राई, शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिका सभापति भानुभक्त जोशी, नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे, नेकपा एमाले संसदीय दलका सचेतक महेश बर्तौलालगायतसँग भेटघाट गरी दफावाररुपमा हाल्नुपर्ने संशोधन र त्यसका सैद्धान्तिक पक्षका सम्बन्धमा गम्भीर छलफल तथा पक्षीकरण गरिएको छ ।

सरकारले शिक्षा विधेयक संसदमा टेबुल गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १०:५१
Weather Update