News Griha :: न्यूजगृह
क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच पार्टी एकता

काठमाडौं — मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच पार्टी एकता भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच २ दलको एकता भएको हो । कुनै समय तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुनः एक ठाउँमा आएका हुन् ।

दुई दलले गत साउन मै पार्टी एकीकरण गर्ने सहमति गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १३:४७
Weather Update