News Griha :: न्यूजगृह
पदम लिम्बूलाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं— सरकारले कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले त्यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारले मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय समेत गरेको मन्त्री शर्मालाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार नरेन्द्र केसीले जानकारी दिए । 

'कोशी प्रदेश नामकरणविरुद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गरेर परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ', मन्त्री शर्मालाई उद्धृत गर्दै केसीले भने, 'बाँकी निर्णय पनि आज दिउँसो हुने पत्रकार सम्मेलनमा सार्वजनिक गरिनेछ ।'

यस्तै सरकारले नामकरण सम्बन्धी आन्दोलनलाई प्रदेशसँग वार्ता गरेर अघि बढ्न यहाँबाट सहजीकरण गर्ने कुरा समेत भएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ११:०८
Weather Update