News Griha :: न्यूजगृह
प्रधानमन्त्री दाहाल र एमसीसीकी सीईओबीच भेटवार्ता

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत एलिसअलब्राइटबीच भेटवार्ता भएको छ । 

मंगलबार बिहान प्रधानमन्त्री दाहाललाई भेट्न अलब्राइट प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । दुईजनाबीच नेपाल र अमेरिकाबीचको सहकार्यका विभिन्न आयाम र एमसीसी परियोजनाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।  

एमसीसी परियोजना कार्यान्वयनको औपचारिक सुरुआत भएको एक महिनापछि अलब्राइट नेतृत्वको प्रतिनिधिमण्डल आइतबार काठमाडौं आइपुगेको हो । 

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  ०९:४४
Weather Update