News Griha :: न्यूजगृह
क्रान्तिकारी माओवादी र नेकपा बहुमतबीच एकता इच्छुक प्रतिष्ठानमा

काठमाडौं— दुई वटा साना कम्युनिस्ट पार्टीबीच शुक्रबार एकता हुँदैछ ।

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच एकता हुने भएको हो ।

नेत्रविक्रम चन्द्र नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए ।

नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोलका अनुसार कृष्ण सेन इच्छुक प्रतिष्ठान घट्टेकुलोमा दुई पार्टीबीच एकीकरण घोषणा सभा हुँदैछ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०९:१६
Weather Update