नागरिक उन्मुक्ति पार्टीको कार्यकारी अधिकार रेशमलाई
धनगढी— नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यकारी अधिकार रेशम चौधरीलाई दिने निर्णय भएको छ । यसअघि चौधरी नाउपाको संरक्षक थिए ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको हो ।
नाउपाको अध्यक्ष रञ्जिता चौधरी भए पनि बैठकले चौधरीलाई सम्पूर्ण अधिकार दिएको हो ।
बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा हुने भएको छ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १०:३७