News Griha :: न्यूजगृह
नेपाली सेनाले खुलायो विभिन्न पदमा जागिर 

काठमाडौं— नेपाली सेनाले विभिन्न पदमा जागिर खुलाएको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबीबीएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरसहित विभिन्न पदका लागि जागिर खुलाएको छ ।

सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरूबाट दरखास्त मागेको हो । सेनाले खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न १३७ जना माग गर्दै शुक्रबार गोरखापत्रमा सूचना निकालेको छ ।

सूचनाअनुसार १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको पुरुष र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको महिलाले फारम भर्न सक्नेछन् । उचाई पुरुषको ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने बताइएको छ ।

सेनाको वेबसाइटमा गएर दरखास्त फारम भर्न सकिन्छ । फारम भरेको फारम प्रिन्ट गरेर आफैंले नेपाली सेनाको केन्द्रीय भर्ना छनोट केन्द्र स्वयम्भू पुगेर बुझाउनुपर्ने हुन्छ ।

१० रुपैयाँको टिकट टाँसेर दरखास्त दिनसमेत सेनाले आग्रह गरेको छ । दरखास्त शुल्क भने एक हजार रुपैयाँ तोकिएको छ ।
army notice1680830552.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०७:००
Weather Update