News Griha :: न्यूजगृह
संविधानको रक्षा र गणतन्त्रलाई संस्थागत गर्न गठबन्धन गर्‍यौं : अध्यक्ष नेपाल

बारा— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा र गणतन्त्रलाई संस्थागत गर्नका लागि सत्ता गठबन्धन गरिएको बताएका छन् ।

बिहीबार बाराको सिम्रौनगढको कचोर्वामा आयोजना गरिएको अखिल नेपाल किसान महासङ्घको राष्ट्रिय समितिको विस्तारित बैठकमा उनले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्नेमा आफू आशावादी रहेको बताए ।

उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मको प्राप्त उपलब्धिलाई समाप्त गर्नका लागि दुईपल्ट सदन विघटन गरेर मुलुकमा एकतन्त्रीय शासन व्यवस्था लाद्न खाजेको आरोप लगाए ।

किसान अर्थतन्त्रको आधारशीला भएको भन्दै अध्यक्ष नेपालले किसानको खेतीमा सहजरूपमा सिँचाइ पुर्‍याउन मेचीदेखि महाकालीसम्म नहरको निर्माण गर्न सरकार लागि परेको जानकारी दिए ।

सिँचाइको अभावमा देशभर जग्गा धेरै नै बाँझो हुने भन्दै उनले नहर निर्माणले किसानको सो समस्या समाधान हुने बताए । नेपालका युवाले विदेशमा गएर कृषिको काम गर्नुपर्ने बाध्यता सिर्जना भइरहेको हुँदा नेपालमा नै युवालाई कृषिमा रोजगारीको ग्यारेण्टी गर्न सरकारले गृहकार्य सुरु गरेको उनको भनाइ थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०६:३५
Weather Update