News Griha :: न्यूजगृह
शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय सहयोग आग्रह गरेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ७८औँ महासभामा नेपालको शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुर्‍याउन आवश्यक सहयोगका लागि विश्व समुदायसंँग आग्रह गरेको बताएका छन् ।

शनिबार स्वदेश फर्किएका दाहालले आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा आफूले नेपालको शान्ति प्रक्रियालाई टुङ्ग्याउन आवश्यक सहयोगका लागि आग्रह गरेको बताए ।

उनले जलवायु परिवर्तनले नेपाल जस्ता हिमाली र अल्पविकसित राष्ट्रमा पारेको असर र त्यसको न्यूनिकरणका लागि विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको पनि संसदलाई जानकारी गराए ।

‘मैले प्रमुख रुपमा शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाल लगायत अल्पविकसित देशहरुमा पारेको प्रभाव र त्यसका निराकरणका उपाएहरु, हिमाली राष्ट्रक समस्या, लिगो विकासका लक्ष्यहरु प्राप्तिमा अल्पविकसित राष्ट्रका समस्या प्रस्तुत गर्दै ती समस्या समाधानमा साधनस्रोतको व्यवस्थाका लागि विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको छु,’उनले भने । 

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १५:१९
Weather Update