News Griha :: न्यूजगृह
साइप्रस पब्लिक स्कुल र मिदास इ क्लासबीच लर्निङ एप सञ्चालन सम्झौता

काठमाडौं— डिजिटल प्लेटफर्म शैक्षिक कार्यक्रम लागु गर्न साइप्रस पब्लिक स्कुल र स्कुले बालबालिकालाई अनलाइनमार्फत श्रव्यदृश्य पाठ्यासामग्रीबाट पठनपाठन गराउँदै आएको मिदास इ क्लासबीच मिदास इ क्लास द लर्निङ एप सञ्चालन गर्ने सम्झौता भएको छ ।

मिदास इ क्लासका प्रमुख बजार व्यवस्थापक अजयकुमार लामा र साइप्रस पब्लिक स्कुलका पिन्सिपल शशी केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

लामाले यस प्लेटफर्मले नर्सरीदेखि कक्षा १० सम्मको हरेक किसिमका शैक्षिक आवश्यकता पूरा गर्न मद्दत गर्ने बताए । उनले एपको माध्यमबाट विद्यार्थीले स्कुलमा पढाई हुने हरेक पाठमा आधारित एनिमेटेड भिडिओ हेर्दै, रमाउँदै र खेल्दै सिक्न पाउने बताए ।

प्रिन्सिपल केसीले यस एप यसै शैक्षिकसत्रदेखि लागु गरिएको बताए । डिजिटल डिभाईसलाई एजुकेशन डिभाईसमा बदल्नका लागिसमेत यस्तो किसिमको शैक्षिक प्रविधिको ज्ञान दिने प्लेटफर्म आवश्यक रहेको उनको भनाइ छ । यसले विद्यार्थीलाई दिगो सिकाइमासमेत मद्दत पुग्ने दाबी केसीले गरे ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १९:३८
Weather Update