
काठमाडौं— सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको राष्ट्रिय सम्मेलनबाट निर्विरोध रूपमा गुणराज मुक्तानको अध्यक्षतामा ९७ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ ।
समितिमा वरिष्ठ उपाध्यक्ष खड्गराज सेजुवाल, प्रदेश उपाध्यक्षहरूमा देवराज सुवेदी (कोशी), बलराम पोखरेल (मधेस), सोमबहादुर सापकोटा (बाग्मती), दामोदर बाँस्तोला (गण्डकी), नलबहादुर रानामगर (लुम्बिनी), देवीप्रसाद न्यौपाने (कर्णाली), ध्रुवराज उपाध्याय (सुदूरपश्चिम) र महिला उपाध्यक्ष पवित्रा घिमिरे चयन भएका छन् ।
महासचिवद्वयमा देवी खड्का र दुर्गानन्द ठाकुर, सचिवहरूमा काशीनाथ दङ्गाल (खुला), वीरेन्द्रराज विष्ट (खुला), मञ्जु नेपाल (महिला), मीनबहादुर विक (दलित), तेजबहादुर गुरुङ (आदिवासी जनजाति), श्रीकृष्ण थापा (खस आर्य), श्यामसुन्दर महतो (मधेसी), घनश्याम चौधरी (थारू), मोहम्मद समिम (मुस्लिम) र रामबहादुर टमाटा (पिछडिएको क्षेत्र)छानिएका छन् ।
यस्तै कोषाध्यक्षमा सरस्वती रायमाझी र सहकोषाध्यक्षमा ज्ञानेन्द्र अधिकारी निर्वाचित भएका छन् । नयाँ अध्यक्षबाट कार्यसमितिमा १५ सदस्य मनोनयन हुनेछ भने संस्थापक अध्यक्ष कृष्ण थापा पदेन रहेछन् ।
निर्वाचित पदाधिकारी र सदस्यहरूको नामावली निर्वाचन समितिका सयोजक अधिवक्ता प्राणनाथ न्यौपानेले घोषणा गरेका थिए भने भने शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले प्रमाणपत्र वितरण गरेका थिए ।
सम्मेलनले सामुदायिक विद्यालयसम्बन्धी आठ बुँदे घोषणपत्र जारी गरेको छ । यही चैत्त २० र २१ गते काठमाडौंमा भएको सम्मेलनको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए ।













