![सरकारले सार्वजनिक गर्यो प्राथमिकता र साझा न्यूनतम कार्यक्रम [पूर्णपाठसहित]](https://newsgriha.com/uploads/posts/gov nepal1680784570.jpg)
काठमाडौं— सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको छ । सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
विस्तृत शान्ति सम्झौतालगायत विगतमा सरकार र विभिन्न राजनीतिक दल तथा पक्षहरूबीच भएका सहमति र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिबद्ध रहँदै यो कार्यक्रम ल्याएको उनले बताइन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसद्को रक्षार्थ भएको संघर्षको भावनाअनुरूप प्रतिनिधि सभाको पूर्ण कार्यकालको सुनिश्चितता गर्दै आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गरी देशमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान संयुक्त सरकार गठनका लागि पहल गर्ने तथा समर्थन गर्ने दलहरू यो साझा न्यूनतम कार्यक्रममा सहमत रहेका शर्माले बताइन् ।
प्रवक्ता शर्माले संविधानको रक्षा, आवश्यकताअनुसार परिमार्जन, विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयताको कार्यान्वयन गर्नेमा गठबन्धन सरकार प्रतिबद्ध रहेको बताइन् ।
यस्ताे छ पूर्णपाठ













