
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई विद्यालय कर्मचारीका माग तथा गतिविधिबारे ध्यानाकर्षण पत्र बुझाएको छ ।
मंगलबार परिषद् अध्यक्ष गंगाराम तिवारी नेतृत्वमा मन्त्रालय गएको टोलीले शिक्षामन्त्री राईलाई ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउँदै माग सम्बोधन तथा सहजीकरण गरिदिन आग्रह गरेको हो ।
नेपाल विद्यालय कर्मचारी परिषद्सँग तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलको पालामा भएको सहमति कार्यान्वय गर्न परिषद्ले आग्रह गरेको छ ।
परिषद्ले मंगलबार नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, सहसचिव डा.हरि लम्साल र नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष शंकर अधिकारीलाई पनि ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण कार्यक्रमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य गंगा नेपाल, नेपाल विद्यालय कर्मचारी परिषद्, काठमाडौंका जिल्ला अध्यक्ष देवीराम भुसालको उपस्थिति रहेको थियो ।














