काठमाडौं उपत्यका र मधेस प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं— आज काठमाडौं उपत्यका र मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । मधेस प्रदेशमा पनि आज सार्वजनिक बिदा दिइएको छ ।
काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ ।
त्यस्तै, मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० ०८:१०













