
काठमाडौं— प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बसेको बैठकमा सभामुख देवराज घिमिरेले संसद्को दलीय प्रतिनिधित्वको आधारमा कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनित गरेको हो ।
प्रतिनिधि सभा नियमावली २०७९ को नियम १३ बमोजिम प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुलाई मनोनयन गरेको सभामुख घिमिरेले जानकारी गराएका थिए । कार्यव्यवस्था परामर्श समितिमा प्रतिनिधि सभा सदस्यहरू नेपाली कांग्रेसबाट ६ जना, नेकपा एमालेबाट ५ जना, माओवादी केन्द्रबाट २ जना र बाँकी आठ जना अन्य दलबाट समितिको सदस्यमा मनोनित भएका छन् ।
समितिमा सांसदहरू अयजकुमार चौरसिया, अनिता देवी, गंगाराम चौधरी, जीवन परियार, तारा लामा तामाङ, नागिना यादव, पदम गिरी, प्रदीप यादव, महेशकुमार बर्तौला, मेटमणि चौधरी, रमेश लेखक, रामप्रकाश चौधरी, रामहरि खतिवडा, रुपा सोशी, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, सन्तोष परियार, सरिता प्रसाईं, हितराज पाण्डे र ज्ञानबहादुर शाही सदस्यमा मनोनित भएका छन् ।













