काठमाडौं— नेकपा (एमाले)का सांसद रघुजी पन्तले एनसीएललाई सरकारको स्वामित्वमा नल्याउन मस्यौदा विधेयकबाट चलखेल गर्न लागिएको बताएका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले दूर सञ्चार ऐन, २०५३ लाई संशोधन गर्न मस्यौदा तयार गरिएको बारे सरकारसँग प्रश्न गरे । उनले अर्बौँ, अर्ब नाफा भइरहेको कम्पनीलाई सेटिङमा कानून फेरेर सरकारको स्वामित्वमा नल्याउने षड्यन्त्र रचिएको आरोप लगाए ।
‘एनसीएलले स्वीकृति लिएको २५ वर्ष पुगेपछि जस्ताको त्यस्तै अर्बौँ नाफा कमाउने कम्पनी सरकारको स्वामित्वमा आउनुपर्ने हो । २०८६ मा २५ वर्ष पुगेपछि सरकारको स्वामित्वमा आउँथ्यो,’ उनले भने, ‘तर, त्यो सरकारको स्वामत्विमा आउन नदिनको लागि मस्यौदा विधेयक गरेर त्यसलाई चलखेल गरिँदैछ । सरकारको स्वामित्वमा कहिल्यै नआउने ढंगले प्रावधान राखिँदैछ ।’
उनले सरकारका सय दिन उपलब्धीहीन रहेको पनि बताए ।













