News Griha :: न्यूजगृह
ज्ञानेन्द्र शाहीले गरे सदनमा संघीयताको विरोध 

काठमाडौं— प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको विरोध गरेका छन् । 

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै  उनले संघ, कार्यकर्ता भर्ती गर्ने ठाउँ भएको बताए । कहीँ पनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उनले बताए । 

उनले भने, ‘विदेशबाट ऋण ल्याएको ल्याएकै गर्ने । यहाँ युवाहरू हरेक दिन बेरोजगारी बढेको बढेकै छ । त्यो पैसा कहाँ गयो ? यो पैसाको एक एक हिसाब किताब अहिलेका प्रधानमन्त्रीले र आजसम्म भएका प्रधानमन्त्रीहरूले जवाफ दिनुपर्छ । विदेशीसँग ऋण मागेर यो देशमा त्यो पैसा कहाँ गयो ? पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो । यदि एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ । म आग्रह गर्न चाहन्छु प्रदेश एउटा पहिचानका लागि चाहिन्छ । एउटा देश ठूलो भयो भने देशलाई केन्द्रिकरण गर्न चाहिन्छ । तर आज देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने । कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १५:१३
Weather Update