News Griha :: न्यूजगृह

काठमाडौं— प्रतिनिधि सभा सदस्य प्रेम सुवालले सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार भएको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा दोषीलाई सफाइ दिने न्यायाधीशलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

 बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले भने, ‘सिक्टा सिँचाइ आयोजनाको नहर परीक्षणमै भत्किनुमा निर्माण अघि माटो परीक्षणमा त्रुटि भएको, फिजिविलिटी अध्ययन नभएको, विज्ञ परामर्श विचार नलिइएको । निर्माणस्थलको विस्तृत अध्ययन नभएको यथार्थलाई वेवास्ता गरि ८ अर्ब भन्दा बढी भ्रष्टाचार भएको अख्तियारको माग, दाबी विरुद्ध फैसला दिने, दोषीलाई सफाइ दिने विशेष अदालतका न्यायाधीशहरूलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? भनेर जनताले आवाज उठाइरहेका छन् ।’

 

 

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १४:४१
Weather Update